Tuesday, February 23, 2010

मेरो गृह जिल्ला को सानो झलक र यी फोटोहरु मेरै घरनजिकका हुन












मेरो गृह जिल्ला को सानो झलक र यी फोटोहरु मेरै घरनजिकका हुन र मेरो घर पारि भ्ाारतको धाचुला पदर्छ भने वारि दार्चुला । एकपटक घम्ने मौका मिलाउनु होसन है हजुर अनि थाहा पाउनुहुनेछ सुदुरपश्चिम कस्तो छ थाहा पाउनुहुने छ त्यस पछि भन्नुहोल पश्चिम नेपालको बारेमा सुदूर पश्चिमााचल विकास क्षेत्र अन्तरगत महाकाली अाचलका ४ जिल्ला मध्ये छुट्टै महत्व रहेको यो जिल्ला एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीन संग जोडिएको छ । यस जिल्लाको पूर्वमा व´ांग जिल्ला पश्चिममा भारतको उत्तरांचल प्रदेशको पिथौरागढ उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा बैतडी जिल्ला रहेका छन् । विश्व मान चित्रमा २९० ३६। उत्तर देखि ३०० १५। उत्तरी अक्षांस र ८०० २२। पूर्व देखि ८१० ०९। पूर्वी देशान्तरमा फैलिएको छ । यस जिल्लाको कुल क्षेत्रफल २३२२ वर्ग कि।मी। छ । समुद्री सतह बाट ५१८ मी। देखि ७१३२ मी। सम्म उचाई रहेको यस जिल्लाको प्रमुख विशेषता हो भने ७१३२ मी। अग्लो अपी हिमाल यस जिल्लाकॊ आकर्षणको केन्द्र हो । यस्तै चीनको तिब्बत क्षेत्रमा अवस्थित हिन्दुहरुको महत्वपूर्ण तीर्थस्थल तथा पर्यटकीय महत्व समेत बोकेको मानसरोवर जाने नेपालको प्रमुख मार्गको रुपमा समेत दार्चुला जिल्ला रहेको छ यस जिल्लाको सदरमुकाम खलंगा महाकाली नदीको किनारमा भारतको धारचूला सित जोडीएर रहेको छ। यातायात सेवा बाट आंशिक रुपमा बन्चित यस जिल्लाका ११ गा।वि।स।हरु भारतीय सिमासंग महाकाली नदिले छुट्याएको छ । भने ब्यास गा।वि।स। चीन र भारत दुबै संग जोडीएको छ । यस जिल्लाको कूल जनसंख्या २०५८ सालको राष्ट्रिय जनगणना अनुसार १२१९६६ रहेको छ । जस मध्ये पुरुषको संख्या ५९७९१।रहेको छ भने महिलाको संख्या ६२२०५ रहेको छ। जिल्लाको जनसंख्या बृद्धि दर १।८% प्रति वर्ष रहेको छ । कूल घर धुरीको संख्या २१०६२ रहेको छ भने औसत घर धुरी आकार ५।८ रहेको छ ।
विकासका सूचाङ्कहरुलाई मध्य नजर गर्दा कूल साक्षरता दर प्रति व्यक्ति आय औसत उमेर बाल मृत्यु दर शिशु मृत्यु दर जन्म दर मातृ मृत्यु दर मृत्यु दर आदी धेरै जसो नकारात्मक रहेका छन् । ९०% भन्दा बढी जनसंख्या कृषिमा आधारित छन् । कृषि क्षेत्रमा नया प्रविधिको विकास हुन नसकेकोले कृषि उत्पादन क्षेत्रमा राम्रो उत्पादन हुन सकेको छैन जसले गर्दा खाद्य संतुलन नकारात्मक रहेको छ । साथै यस जिल्लाको भौगोलिक अवस्था निकै कठिन भएकोले आर्थिक अवस्था समेत नाजुक रहेको छ ।

No comments:

Post a Comment