Tuesday, February 23, 2010

मित्रशक्ति ठान्ने हो भने मित्रवत् ब्यवहार गर माओवादी मित्र हो !

ुजवसम्म कम्युनिष्ट शक्तिहरु एक हुदैंनन् तवसम्म यो मुलुकको आमुल परिवर्तन सम्भव छैन । त्यसका लागि माओवादी एमाले र अन्य वाम घटकवीचमा कार्यगत एकतामात्र भई १०।२० वर्ष मुलुकको समृद्धि र आम जनताको समाुनपातिक समृद्धिलाई एजेण्डा बनाई्र अगाडि बढ्ने हो भने यो मुलुक युरोपेली स्ट्याण्डरमा पुर्याउन सकिन्छ ।ु यी वाक्यांशहरु उनै माओवादी नेता क।प्रचण्ड र क।बावुराम भट्टराईकै श्ाब्दोगार हुन् । तर संविधानसभामा अधिक सीट जित्नासाथै यस युद्धमा नेकपा माओवादीले जीतको दम्भ प्रदर्शन गर्दै र सशष्त्र क्रान्तिको धक्कु लगाउँदै एमालेका कार्यकर्तालाई छानीछानी आक्रमण गरिरहेको छ । चाहे सरकारमा होस् या सडकमा चाहे जनताको मुक्तिको संग्राममा होस् या सदनमा रहेर यी आधुनिक माओवादीहरुले अर्को मित्रशक्तिलाई ताकी ताकी र नियोजितरुपमा निशाना बनाइरहेका छन् । माओवादी भित्रका खाओवादी युवा दस्ताले आफूलाई अरुभन्दा शक्तिशाली देखाउनैका लागि रामहरी श्रेष्ठदेखि प्रचण्ड थैवको हत्या गरे । विवेक देवकोटाको खुट्टा भाँच्ने जघन्य अपराध रहेका छन् । तिनले भरखरैपनि दाङमा युवासंघका जिल्ला उपाध्यक्ष वुद्ध केसीको हत्या गरे भने कैलालीमा एमालेका महासचिवमाथि ढुंगामुडा वर्षाउने तुच्छता प्रदर्शन गरे । अघिल्लो हप्तामात्र सिन्धुलीको झाँगाझोलीमा युवासंघका नवनिर्वाचित अध्यक्ष महेश बस्नेतमाथि मिथ्या आरोप लगाउँदै आक्रमणको दुस्प्रयाश गरे । यी कच्चा दस्ताबाट एमालेमाथि मात्र होईन अन्य वामघटकमाथि समेत हिजैदेखि यस्ता सयौं आक्रमणहरु हुँदैं आएका छन् । यस्ता आक्रमण गर्नेहरु हिजो भोकै तिर्खे जनताकेा नाममा युद्ध गर्ने खाँटी कार्यकर्ताहरु नभई मण्डले दस्तावाट आयातित र यतावाट गयातित कार्यकर्ताहरु रहेका छन् जसलाई माओवादीले हाम्रा बढो ईमान्दार कार्यकर्ता भनेर पोल्टामा हाली संरक्षण गरिरहेकेा छ । जसलेगर्दा माऊ पार्टीप्रतिको जनविस्वास क्रमशः खस्किदै गएको सत्य मात्र होईन िसंगो कम्युनिष्ट आन्दोलनमा नै अविश्वास वृद्धि भई हिजोका तिनै पाचे प्रपाचे कथित राष्ट्रिय तत्वहरु र मण्डलेतन्त्रवादीहरु शक्तिशाली हुँदै गएका हुन् ।
यँहा एमालेचैं गंगाजलझैं पवित्र भन्न खोजिएको पनि होईन । यो भित्र वामपन्थी विचारधाराहरुलाई नै मानसिकरुपमा हत्या गर्ने र सत्ता र भत्ताकै लागि मात्र सुर्य त पश्चिमबाट मात्र उदाउँछ भन्ने तथाकथित विद्धानहरु नभएका होईनन् जो हिजो तिनै सत्तालुछीचुँढीको जलकुण्डमा पौडेर पवित्र हुँ भन्नेहरुलाई गालामा म्वाईखाँदै िसंगो शान्तिप्रकृयाविरुद्ध बक्तब्यवाजी गरिरहेका छन् । तर यसको मुलकारणतः फेरिपनि माओवादी नै हुन् । जवकि चुनाव हार्दैमा फरक विचारधारालाई कमजोर ठान्ने माओवादी मनोवृतिले वाँकी दलहरु जवर्जस्त उस्काविरुद्ध लाग्नु परेको छ । किनकी युद्धमा मुक्काको वदला मुक्का इंटको जवाफ पत्थरदिनु विरोधीको कर्तब्य नै हो । त्यसैले मुक्का फर्काउने दोषी होईन युद्ध निम्त्याउनेहरु गलत हुन् ।
यसरी एउटै गन्तब्यका शक्तिहरु एकआपसमा लडिरहनु भनेको मुलुकको समृद्धिका लागि नभई केही पुराना शक्तिहरुलाई पुनस्र्थापन गराउनु हो । यसो गर्नु भनेको जनताको समुल मुक्ति होईन यथास्थितीवादीहरुलाई सधै शासक भई झण्डा र डण्डाका मालिक बनाईरहने जुक्ति हो । किनकी विशेष ठूला डंका गरेर लामालामा र पट्यारा लाग्दा पदौरे भाषण मात्रै गरेर अवको राजनीतिमा कसैले सुन्नेवाला छैन । यस्तो पुरानो संस्कारयुक्त कम्युनिष्ट आन्दोलनले केही सीमित ब्यक्तिलाई जंगलदेखि राजधानीका महलसम्म विराजमान गराउला केही वामपन्थी नेताज्युहरुलाई झण्डा र डण्डाको ठेकेदार बनाउला केही संघर्ष र जातीय मुक्तिका कुरा गर्ने फड्कारु जिव्रावालाहरुलाई मिष्ठान्न आहार र अकाशे विहार जुर्ला । अर्थात आम जनतालाई केही टिपनटापनवादी नेताले मुक्तिको कुरा गर्दै सत्ता हडप्ने गोल्डकोईष्टका ग्राहक मात्र बनाउलान् । तर जनताको मुक्तिको सट्टा वर्गीय दुरी अझ फराकिलो हुँदै जाने कुरा सत्य सावित हुँदै गएकेा छ । तसर्थ एकातिर समुल परिवर्तन र नयाँ नेपाल निर्माणको कुरा गर्ने अर्कोतिर तिनै यथास्थितीवादी प्रतिगमनका बढाहाकिमहरुलाई क्रमशः सत्ताको साँचो प्राप्त गर्ने बाटो खनिदिइरहने ती कम्रेडहरुको दुस्कार्यले गर्दा नैे कम्युनिष्ट आन्दोलनमा एकता नभइ विखण्डन मात्र निम्तिदैं आएको छ ।
त्यसर्थमा माओवादीले यो मुलुकको परिवर्तनका लागि आफूलाई क्रान्तिकारी र जिम्मेवार ठान्दछ भने उसले आफूलाई सवैभन्दा बढी संयमित र धर्यवान पनि बनाउनु पर्दछ । विचार र एजेण्डा ल्याएर मात्र हुँदैन त्यसलाई ब्यवाहारतः कार्यन्वयन गराउन जनताको शक्ति पनि चाहिन्छ सहयोगी प्रतिपक्ष पनि चाहिन्छ । त्यस्तो जनशक्ति तयार गर्न माओवादीले अर्को मित्र शक्तिमाथि हत्या र िहंसाकेा श्रंृखला दोहोर्याईरहने होईन वरु ऊनीहरुसंग आत्मयीताको हात बढाउनु पर्दछ र उसलाई प्रधानशत्रुसंग आक्रमण गर्न संगठिन गर्नसक्नु पर्दछ । यतिमात्र होईन वर्गीय मुक्तिभित्र जातीय मुक्तिलाई संगै लाने हेा भने यो मुलुकको परिवर्तनका लागि प्रथम भूमिका माओवादी र एमालेकै हो जसकेा सहकार्यविना सहमतिको सवै पाटाहरु वन्द हुन्छन् । तर यसो हुनुको सट्टा आम कम्युनिष्ट जनताको भावना विपरित अहिले माओवादी र एमालेहरुले एकअर्कालाई प्रधानशत्रु ठानी वारपारको युद्ध लड्न चहिरहेका छन् । यो देशलाई हुक्ने कर्णधार युवाहरुलाई एकआर्कामा लडाइरहेका छन् । जवकि सवै कम्युनिष्टहरुका वर्गशत्रु भनेका अरु नै तत्वहरु हुन् जोहरु यी शक्ति लडेर कमजोर भएको फायदा उठाउन चाहिरहेका छन् । फलतः अहिले दिपक वोहरा विजय गच्छेदार शरदिसंह भण्डारीहरुले सत्ताको केन्द्रविन्दू हुने मौका पाईरहेका छन् । र भोली कमल थापा र टंक ढकालहरु पनि प्रधानमन्त्री र उपप्रधानमन्त्री बन्नेस्थिती आयो भने अचम्म मान्नुपर्दैन ।
त्यसो हो भने सवैभन्दा अगाडि यो आक्रमणको श्रंखलाको संस्कार र नियोजितरुपमा आफ्नै मित्रशक्तिमाथि रीस साँध्ने वा कमजोर आँक्ने चिन्तनबाट माओवादी मित्रहरु मुक्त हुनैपर्दछ । र माओवादी कार्यकर्ताहरु साच्चै कम्युनिष्ट आन्दोलनप्रति वफादार छन् भने उनीहरुले आचरण पनि सोहीअनुसारको प्रदर्शन गर्नुपर्दछ । अन्त्यमा हामी मित्र शक्तिहरुलाई यो आव्हान गर्दछौं- हामी सर्वहाराजनको समुल मुक्ति र यो देशको आमुल परिवर्तन गर्ने सहयोद्धा हौं भने एकआर्कालाई काट्ने मार्ने र धम्कीदिने कार्यलाई तत्काल वन्द गरौं र परिवर्तन ठोस खाका र रणनीति बनाएर अगाडि बढौं । हाम्रा साझा चुनौतीहरुलाई पार गर्दै सम्भावनाहरुको श्रृजना गरौं र त्यो प्रतिफल यिनै सर्वहाराजनप्रति समर्पित गरौं । हामी तपाईसंग यस कार्यका लागि काँधमा काँध हातमा हात मिलाई सार्थक परिवर्तनका लागि अगाडि बढ्न तयार छौं ।

No comments:

Post a Comment