नगरपालिकाको परिचयँ
सुदूरपश्चिमााचल विकास क्षेत्रको महाकाली अाचल कंाचनपुर जिल्लाको जिल्ला सदरमुकामको रुपमा महेन्द्रनगर नगरपालिका राजधानी काठमाण्डौवाट ७५० कि।मी। को दुरीमा रहेको छ । तत्कालीन महेन्द्रनगर नगर पँचायतको रुपमा वि।सं।२०३४ सालमा भुजेला शिद्धनाथ र आदर्श महेन्द्रनगर गाउं पाचायतका सम्पूर्ण भाग तथा सुडा र ऐरी गाउँ पाचायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । हाल १९ वटा वडामा विभाजित यस नगरपालिकाकॊ गठन हुनु अगावै वि।सं।२०२० सालमा नै हालका ४ ५ १५ र १८ नं। वडाका केही भू-भागलाई समेटेर नगर निर्माण समिति गठन भएको थियो । तिनै भू-भागलाई शहरीकरण गर्ने उद्धेश्यले वि।स।२०२३ सालमा नगर विकास समितिको गठन गरियो । महेन्द्रनगर नामाकरण गर्नुपूर्व यसको वजार क्षेत्रलाई घुसुडी वजार भनिन्थ्यो भने व्यापारिक हिसावले हाल वडा नं। ९ को व्रम्हदेव मण्डीमा यो जिल्लाको गतिविधि चल्दथ्यो । पछि व्रम्हदेववाट हालको मुख्य वजार महेन्द्रनगर तर्फ वजार विस्तार हँुदै गयो । नेपालका विभिन्न क्षेत्रवाट रोजगारी तथा व्यापारको शिलशिलामा भारत तर्फ जाने नाकाको रुपमा विकसित हुन पुगेको यस नगरपालिकामा हाल तिव्र रुपले वस्ती विकास हंुदैै गईरहेको छ भने अर्को तर्फ सुदुरपश्चिमकै व्यापारिक केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । आदिवासी जनजातीहरुको उल्लेख्य उपस्थित रहेको यस नगरपालिकामा वस्ती विकास संगै छिमेकी जिल्लाहरुवाट वसाइ सरी आएको तथ्यांकहरुले देखाउंछ ।
भौगोलिक स्थिित
विकास क्षेत्र- सदूरपश्चिमााचल
अंाचल- महाकाली
जिल्ला- कंचनपुर
संसदीय निर्वाचन क्षेत्र- ३
सिमानापूर्व -सुडा गा।वि।स
पश्चिम- महाकाली नदी
उत्तर- डडेल्धुरा जिल्ला
दक्षिण- शाही शुक्लाफांटा वन्य जन्तु आरक्ष
अवस्थिति- २८०।५२ू उत्तर देखि २९०।०८ू उत्तर अक्षांश र ८००।०६ू देखि ८००।१४।५ू पूर्व देशान्तरसम्म फैलिएको छ ।
यस नगरपालिकाका भू-भाग समुद्री सतहवाट १०० मी। देखी १००० मी।सम्मको उचाईमा रहेका छन् । धरातलीय स्वरुप भने तराई ६१ प्रतिशत र पहाडी ३९ प्रतिशत रहेको छ ।
कूल क्षेत्रफलः १९६।५ वर्ग कि।मी।
हावापानी
यस नगरपालिका क्षेत्रमा उष्ण र उपोष्ण हावापानी रहेको छ । वार्षिक वर्षा सरदर १५७५ मि।मि। रेकर्ड राखिएको छ भने तापक्रम अधिकतम ४३० से_िल्सयस र न्यूनतम ६।९६० से_िल्सयस रेकर्ड गरिएको छ ।
माटो
नगरपालिकाको कूल क्षेत्रफलको ३९ प्रतिशत भू-भाग ओगटेको पहाडी क्षेत्र पुरै चुरेपहाड क्षेत्रमा पर्दछ । त्यस क्षेत्रमा नरम चट्टान भएको माटो पाईन्छ भने तराई भागमा राजमार्गको उत्तर तर्फ वलौटे तथा गेग्रान भेटिन्छ । यसै गरी राजमार्गको दक्षिण भागमा चिम्टाइलो माटो भेन्टिछ र महाकालीको नदी वरपरको क्षेत्रमा पांगो माटो भेटाइन्छ ।
भूक्षय सम्भावित क्षेत्रः नगरपालिकाका १२३७८९१०१८ र १९ वडाका आंशिक क्षेत्रहरुलाई प्राकृतिक हिसावले भूक्षय हुन सक्ने सम्भावित क्षेत्रको रुपमा लिएको पाइन्छ । मानिसहरुको अत्याधिक वसाई सराई वनविनासको चाप अनियन्त्रित डडेलो तथा अव्यस्थित ढंगले ढुगां तथा वालुवा झिक्ने आदि कारणले भू-क्षय हुन सक्ने सम्भावनालाई औल्याइएको हो ।
जल भण्डार
यस क्षेत्रको जलस्रोतको भण्डारको रुपमा भूमीगत जलस्रोत र अन्य स्रोतमा महाकाली नदी तथा वडा नं। ९ मा अवस्थित प्राकृतिक ताल झिलमिलालाई लिन सकिन्छ भने वडा नं। १ का अन्य स-साना ताललाई पनि जलस्रोतको रुपमा उपयोग गरि राखिएको छ ।
Friday, February 19, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment