Friday, February 19, 2010

देउडा म्यूजिक

देउडा म्यूजिक भिडियोमा
हो जिल्ला बैतडी गढी गौडा खलङ्गा
शिरमाथि जगन्नाथ रानी रुमालु
एक दशक अघि प्रेमराज खत्रीले यो गीत गाउंदा उनी म्यूजिक भिडियोका बारेमा अनविज्ञ थिए । देउडा भाका संकलन र गायनमा रुची भएका प्रेमको यो भाका सुदूरपश्चिमेलीहरुको जिब्रोमा यसरी टांसियोकी उनका प्रशंसकहरु भेटे भनिहाल्थे गीतलाई जीवन्त बनाउन म्यूजिक भिडियो बनाउनु पर् यो । पेशाले प्रहरी सेवाका जागिरे प्रेमसंग न त समय र फुस्रद नै थियो न उनिसंग त्यसबारे आइडिया नै । यस्तै दोधारे मनस्थितिमामा बसिरहेका बेला भेटिए आफ्नो कला संस्कृति र भाषा प्रति अन्तन्त्यै मोह भएका स्थानीय युवाहरु । अनि धमाधम शुरु भयो सुदूरपश्चिमका देउडा गीतहरुलाई छायाङ्कन गर्ने काम । गीतमा व्यक्त स्थान र मर्म तथा गीती भावनालाई छोएर छायाङ्कन गर्ने काम कम जोखिमपूर्ण थिएन । तै पनि स्थानीय यूवाहरुले भदौरे झरिमा रन वन डुल्दै महिना दिनमै म्यूजिक भिडियो तयार पारे । सुदूरपश्चिमेलीहरुलाई दशैं र दिपावलीको राम्रो उपहार मिल्यो ुदेउडा कोशेलीु का रुपमा । आफ्नै व्यक्तिगत पहलमा दोभान कला केन्द्रका अध्यक्ष गणेश चन्दले पहिलो म्यूजिक भिडियो देउडा कोशेली बजारमा ल्याएका छन् । र सुदूरपश्चिमेली कलाकारहरुलाई समेत दर्शक सामु उभ्याई दिएका छन् । बैतडी डडेल्धुरा जस्ता पहाडी जिल्लाको सुन्दरता कैद गरिएको म्यूजिक भिडियोमा धार्मिक स्थलहरु पनि छुटेका छैनन् । स्थानीय कलाकारहरुले मोडलिङ गरेका हास्यव्यङ्ग प्रधान गीतहरुले दर्शकहरुलाई पेट मिचीमिची हसाउंछ म्यूजिक भिडियोसंगै दर्शकहरु पनि पहाडी सुन्दरताको मजैसंगै अनुभूती गर्छन् । पर्यटन क्षेत्रको विकासका निम्ति पनि यस्ता श्रव्य÷दृष्य सामग्रीले मद्दत पुग्ने विश्वास लिइएको छ । धार्मिक ऐतिहासिक एवं रमणीय स्थानहरु समेटिएकाले सुदूरपश्चिमको प्रचार प्रसारमा पनि म्यूजिक भिडियोले ठूलो मद्दत पुर् याएको छ । चर्चित डेउडा गायक भोजराज भट्टको ुजौ बारीु एल्बममा समेटिएको गीत ुलैजा बुदी लाल पिछौडी बौरानी ओडली एक सरा गोडेका धान दुई सरा गोडलीु गीतमा कलाकार दिपक खरेलको अभिनय हेरेर जो पनि मख्ख पर्छन् ।

No comments:

Post a Comment