जिल्ला शिक्षा कार्यालय काठमाडौंले शिक्षा नियमावलीको उल्ङघन गर्दै समय अगावै नयाँ विद्यार्थी भर्नाको प्रकृया अगाडी बढाएको निजी क्षेत्रका विद्यालयहरुलाई मंगबारदेखि कारवाहीको प्रकृया अगाडी बढाएको छ ।
काठमाडौं उपत्यकाको भिएस निकेतन रोज वर्ड ग्यालेक्सी डेफेाडेल तथा चेल्सी ईग्लिस बोर्डिङ स्कुलहरुलाई स्पष्टीकारण मागसहितको पत्र पठाएको छ । उपत्यकाका यी विद्यालयहरुले शिक्षा नियमावलीको नियमलाई उल्ङघन गरेको भन् दै जिल्ला शिक्षा कार्यालयले यी विद्यालयहरुसँग समय अगावै भर्ना ख’लाउन’को कारण माग गरेको छ ।
शिक्षा नियमावली अनुसार नयाँ शैक्षिक सत्र बैशाखको पहिलो साताबाट मात्र सुरु हुने र यसकालागि नयाँ विद्यार्थी भर्ना प्रकृया एक महिना अगाडी अर्थात चैत्रबाट मात्र सुरु गनु पर्ने प्रवाधान रहेको छ ।
ु विद्यालयले शैक्षिक सत्र सुरु भएको मितीले समान्यतया एक महिना नयाँ विद्यार्थी भर्ना गर्न गराउन’ पर्ने हुन्छ । ु शिक्षा नियमावली २०५९को परिछेद १५ को उपनियम ८४ मा उल्लेख छ ु कसैले पनि शैक्षिक सत्र सुरु नभई नयाँ भर्ना गर्न गराउन र प्रकृयाको सुरुवात गर्न पाउन्दैन । ु
तर उपत्यकाका अधिकाँस निजी विद्यालयहरुमा विद्यार्थी तानातान प्रवृतिले गर्दा उनीहरुले माघदेखिनै भर्ना प्रकृयाकालागि फारम वितरण गरिरहेको र प्रवेस परीक्षा समेत संचालन गरिरहेको तथा कतिपय विद्यालयले त विद्यार्थी अध्ययन गरिरहेको विद्यालयको सिफरिसमै पनि नयाँ भर्ना समेत लिएको पाईएकोले कारवाही अगाडी बढाएको जिल्ला शिक्षा कार्यालयका साखा अधिकृत नारायणकाजी काशीछवाले जनाए ।
यसै विषयमा माघ १३ मा सबै निजी विद्यालयहरुलाई एकै नियमभित्र ल्याउन र नियम पालना गर्न र गराउन उपत्यकाका प्याबसन एनप्याबसन ईष्टु अभिभावक संघ राष्ट्रिय अभिभावक संघ र जिल्ला अधिकारीहरुको संलग्नतामा एक बैठक बसेको अधिकृत काशी छवाले बताए । उक्त बैठकले सबै निजी विद्यालयहरुलाई एकरुपतामा ल्याउन चैत्रदेखि नयाँ विद्यार्थी भर्ना प्रकृया ख’लाउने प्रचार प्रसार तथा फारम वितरण र प्रवेस परीक्षाको प्रकृया समेत चैत्रबाटै गर्ने निर्णय समेत गरेको थियो ।
तर उपत्यकाका अधिकाँस विद्यालयहरुले निर्णय र शिक्षा नियमावलीलाई मितचेर आफु खुशी भर्ना प्रकृया अगाडी बढाएको समेत उनको आरोप छ ।
जिल्ला शिक्षा कार्यालय काठमाडौंले माघ २० र फागुन १ भित्र दुई पटक गोरखापत्रमा विज्ञापन समेत गरी चैत्रदेखिमात्र नयाँ भर्नाको प्रकृया अगाडी बढाउनु पर्ने सुचना प्रकासित गरेको थियो ।
जिल्ला शिक्षा अधिकारी ज्ञानी यादबले काठमाडौं जिल्लाका विद्यालयहरुमा पत्रचार गरिसकेको बतबाउदै कानुनको दायराभित्र नआउने निजी विद्यालयलाई आवश्यक कारवाही गरिने जनाए ।
ु पहिलो चरणको कारवाहीमा स्पष्टी करण मागेका छौ अझै अटेर भएर बसेका विद्यालयहरुलाई भने १ देखि २५ हजार सम्म कानुन बमोजिम जरिवाना समेत गर्ने छौं । ु
रोज वर्ड ईग्लिस वोर्डिङ स्कुलको सहायक प्रधानाध्यापक रामजी थापाले नयाँ भर्ना सम्बन्धि नियम थाह नपाएकोले समय अगाडी भर्नाको पै्रकृया अगाडी बढाएकेा जनाए । उनले अवउपरान्त यस्तो गल्ती नदोहराउने समेत प्रतिबद्धता ब्यक्त गरे ।
ु गत ववर्ष पनि यस्तै गरेको ले यस वर्ष पनि गर्यौ तर अव नियमबारे थाह पाईयो अवदेखि यो गल्ती दोहरिने छैन । ु उनले भने ु हामीले फागुन २२ बाटै प्रवेस परीक्षा निले निर्णयलाई समेत चैत्रमा सार्छौ । ु
ग्लयालेक्सी ईग्लिस बोर्डिङ स्कुलकी पि्र_िन्सपल तथा एनप्याबसनकी अध्यक्ष गीताराणाले ललितपुर र भक्तपुर जिल्लाका विद्यालयहरुमा विद्यार्थी भर्ना खोलाई प्रवेस परीक्षा संचालन गरि कतिपय विद्यालयले भर्ना समेत लिने गरेकोले ग्यालेक्सीले मात्र मुख हेरर बसी रहनु नमिल्ने जनाईन् । ँ
ु सबै विद्यार्थी अन्य जिल्लाका विद्यालयहरुमा गए भने हामी के पढाएर खानु त्यसैले हामीले पनि फारम वितरण गरेका हौ । ु राणाले भनिन् ु छिमेकी जिल्लामा कानुन लागु नभएरै हामी पनि बाध्य भएर भर्ना खोलाएका हौं । ु
ललितपुरका जिल्ला शिक्षा अधिकारी केशव दहालले ललितपुर जिल्लाका निजी विद्यालयहरुमा कक्षा १ मा समय अगावै प’र्व तयारीका लागि भर्ना गरिरहेको पाईएको जनाए । तर माथिलो कक्षामा समय अगावै जथाभावी तरिकाले भर्ना गराउने विद्यालयहरुको बारेमा छानविन गरी कारवाही अगाडी बढाईने जनाए ।
त्यसैगरी भक्तपुर जिल्लाका जिल्ला शिक्षा अधिकारी निरा शाक्यले आफु अफिस आउने समयमा धेरै निजी विद्यालयहरुले ब्यानर टुल विद्यालयमा टाँगेर माथिलो कक्षा सम्म भर्ना खुलाएको देखेको बताईन् ।
तर यी विद्यालयहरुको बारेमा अनुगमन गर्न नसकिएको र तथ्याँक फेला नपरेकोले भक्तपुर जिल्ला शिक्षा कार्यालयले अहिले सम्म कुनै कदम नचालेको जनाईन् । तर अब जिशिकाले यस्ता विद्यालयहरुको अनुगमन र कारवाहीको कार्य भने अगाडी बढाउने धारणा शाक्यले राखिन् ।
शिक्षा विभागका निर्देशक हरिबोल खनालले ललितपुर जिल्लाका जिल्ला शिक्षा अधिकारीको लापरवाहीको कारण निजि विद्यालयहरु कानुनको दायराभित्र आउन नसकेको बिचार राखेका छन् ।
प्रत्येक वर्ष ललितपुकै निजी विद्यालयहरुले शैक्षिक सत्र सुरु अगावै भर्ना ख’लाउने भएकोले यही प्रकृया अन्य जिल्लाका निजी विद्यालयले पनि फलो गरेको उनले भने ।
ु निजी विद्यालयहरुले विद्यार्थी तानातान प्रवृतिले अपनाएका छन् ऐनकानुन पालना गरेका छैनन् । ु खनालले भने ु विभागले सबै जिल्लाका जिल्ला शिक्षा कार्यालयमा यस्ता विद्यालयलाई कानुनको दायराभित्र ल्याउन छानविन गरी आवश्यक कारवाही गर्ने निदैशन दिएको छ । ु
Saturday, March 27, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment