Wednesday, January 27, 2010

भ्ाारतको ६१औं गणतन्त्र दिवसः

जयन्ती बोहरा
दक्षिण एशियामा अबस्थित भारत नेपालको अति घनिष्ट छिमेकी मुलुक हो। बिश्वमा भारतले बिविध क्षेत्रमा गरेको उन्नति र प्रगतिले अग्रस्थान हासिल गरेको छ ।यस क्षेत्रका दुई ठूला छिमेकी राष्ट्रहरु चीन र भारत विश्वमा अर्थतन्त्र खेलकुद आधुनिक उर्जा सुचना प्रविधि उद्योगचलचित्र दूरसंचार सवारी साधन र अन्तरिक्ष बिज्ञानमा छोटो समावधिमै अनगिन्ती उपलब्धि हासिल गरेका छन । नेपाल यि दुई ठूला शक्तिशाली राष्ट्रहरुको बिचमा छ।यसको बिकासका लागी यि ठूला देशहरुले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएकाछन । लामो समयदेखि स्वतन्त्र मुलुकको रुपमा स्थापित भएपनि भू बनावट र भूराजनितिक सम्बन्धका कारण नेपालले २१औं शताब्दीमा आईपुग्दासम्म पनि अपेक्षा गरे अनुरुप बिकास गर्न सकेको छैन । यसका थुप्रैकारणहरु जिम्मेवार रहेका छन ।
२६ जनवरी भारतका लागी महत्वपुर्ण एवं ऐतिहासिक दिनको रुपमा प्रख्यात छ ।आज
भन्दा ६१औँ वर्ष अगाडि यसै दिन भारतमा गणतन्त्र भारतको नयाँ संविधान जारी गरिएको
थियो ।लामो समयसम्म बिट्रीस सरकाको अधिनमा रही भारतिय जनताहरुले कष्टकर जी
वन यापन गरेका थिए । भारतको मुम्बईलाई ब्यापारको न्यूहुमा कब्जा गरेर अग्रेजहरुले भारतमा लामो समयसम्म साशन गरेका थिए ।भारतिय नागरिकहरुले सयौको बलिदानी दिएर अन्तमा भारतलाई स्वतन्त्र बनाएर छोडे ।यसका लागी प्रसिद्द भारतिय नेताहरु ज्ोा बिश्वमा प्रचलित छन्र । महात्मागान्धी जवाहरलाल नेहरुबल्लवभाई पटेल लगायत भारतिय नेताहरुले भारतलाई स्वतन्त्र बनाई छाडे । नेपालका नेताहरुले पिन
भ्ारतको आन्दोलनमा सहयोग गरेका छन ।बिपी कोईराला गणेशमान सिह पुष्पलाल श्रेष्ठ ल्ागायतका नेताहरु रहेका छन ।यसका साथै भारतमा बसोबास गर्दे आएका नेपालीहरुले
प्नि आन्दोलनमा सहयोग गरेका थिए। गैार राजनितिक क्षेात्रमा कार्यरत गोर्खाली सेनाहरुले पनि सघाएका थिए । यि याबक तथ्थहरुको आधारमा हामी भन्न सक्छौ कि भारतलाई स्वतन्त्र बनाउनमा नेपालको पनि ठूलो सहयोग रहेको छ।
लामो समय अगे्रजको अधिनमा रहेपनि स्वतन्त्रा पछि छोटो अवधि लगभग छ दशकमा भारतले महत्वपुर्ण उपलल्ध्ाि हासील गरेको पाईन्छ ।नगण्य अवस्था बाहेक अधिकाशं क्षेत्रहरुमा भारतले बिश्वमा नै आफ्रनो पहिचानलाई अगाडि बढाएको छ।आलोचकहरुका अनुसार भारतको पूर्वाधार बिकासमा अग्रेजहरुको महत्वपुर्ण योगदान रहेको र बिकासको आधारशिला अग्रेजहरुले तयार गरेको भन्ने भनाई रहेका छ। तर यो सत्य होईन ।sेही एकाध संरचनाहरु अग्रेजले तयार गरेको भएपनि त्यो नै भारतिय बिकासको आधार नै हो भन्न सकिदैन ।
बिज्ञान र प्रविधिको बिकाससँग सँगै भारतले बिकास प्रकि्रयालाई अगाडि बढाएको छ।६५६ मेगावाट उर्जा उत्पादन गर्ने बिश्वको सबभन्दा ठूलो जैविक ग्यास प्रणाली भारतसँग छ ।भने२ः१२ मेगावाट सौर्य उर्जा उत्पादन गरि बिश्वको तेसो्र ठूलो तथा वायू उर्जाको चौथो ठूलो उपभोक्ता बन्न्ा भारत सफल भएको छ।भारत प्रतिबर्ग मिटरमा लाखौ यूनिट क्षमतका हिसाबले बिश्वको नबौ ठूलो सौर्यताप उर्जा उत्पादक राष्ट्र हो ।बिश्व ब्यापी मन्दिले उँदाउदा अर्थ बजारलाई नराम्रोसँग असर गरेता पनि चालुबर्षको भारतको कुल ग्राहस्त उत्पादन बृद्दि करीब ८ प्रतिशतको हाराहारीमा रहेको छ। उत्पादन र निर्यातका दृष्ट्रिले हालसम्म भारतमा सबभन्दा छिटो बिकास भएको क्षेत्र ईलोक्ट्रोनिक र प्रबिधि हो ।यसैगरी खेल क्षेत्रमा पनि भारतले उल्लेखनिय उपलब्धिी हासील गरेको छ।१९२८ आर्मस्टर्डम देखि १९५६सम्म लगातार ६ बटा ओलम्पीक स्वर्ण पदक बिजेता बन्न्ा सफल बिश्वको एक मात्र हक्की टिम भारतिय हो ।१९६४ र सन १९८०मा यसले थप दुई स्बर्ण पदक जितेको छ।भारतका बिश्वनाथन आनन्द पाँच पटक च्याम्पियन तथा बिश्व
भारतको दुर संचार उद्योग बिश्वमा सबैभन्दा छिटो र बिकसित रुप हो । र यो सन २०१०सम्ममा बिश्वकै दास्रो ठूलो दूर संचार बजारको रुपमा बिकसित हुने’ अनुमान गरिएको छ। भ्ाारतले सफलतापूर्वक अन्तरिक्ष उत्खलन गरिसकेको छ। म्ाानव सहितको उडानसमेत तयारीमा छ।यसै गरि भारतले ९० भन्दा बढी देशमा आफनो चलचित्र नाम सबभन्दाबढी बिश्व सुन्दरी पुरस्कार जित्न भेनेजुएलासँगै आउछ । भारत नेपाल आर्थिक बिकास कार्यक्रम नेपाल सरकारको राष्ट्रिय बिकास प्रयासमा सहयोग पुर्रयाउने उद्देश्यका साथ १९५१मा सुरु भएको थियो ।भारत सरकारले नेपालको बिविध क्षेत्रहरुको पा्रबिधिक तथा बित्तिय सहयोग प्रदान गर्दै आएको छ।छिमेकी मुलुक भारतको उपलब्ध्ािलाई नेपालले सिकाईको रुपमा लिन सक्ने थुप्रै आधारहरु छन । राजनितिक स्थिरता नेताहरुको प्रतिबद्दता दिगो शान्ति प्रबिधिको बिकास राजनितिक सहमति राष्ट्रप्रतिको भारतिय जनताको उत्तरदायित्व र कर्तब्य साथै उपलब्ध स्रोत साधनहरुको समुचित सदुउपयोगले गर्दा आज भारतिय जनताले यो प्रगति हासिल गरेका हुन सक्छन ।

No comments:

Post a Comment