Saturday, January 30, 2010


ओझेलमा शालीक कोटेश्वरमा रहेको एमालेका स्वर्गीय नेताको शालीकमा जापानी सरकारको सहयोगमा बन्न लागेको सडमा मा काम गर्ने नेपाली मजदुरहरु हेरेर आनन्द लिद्यै शालीक हेरेर । एमालेका पूर्व प्रधानमंन्त्री टंक प्रसाद आर्चायको शालीकजो सुर्य विनायक सम्मको सडकका कारण यसरी ओझेलमा परेको पाइन्छ । ठाउ अभावका कारण यो शालीकलाइ केहि मीटर अगाडी तिनकुने तिर शालीक र गार्डेनमा सजीएको पाइन्थ्यो । अहिले एकान्तमा ठाउ अभावका कारण सारेको पाइन्छ । फोहोर र केटाकेटिहरुले समय काट्ने ठाउका रुपमा त्यस ठाउलाइ लिएको पाइन्ट वा देखिन्छ । उपत्यकाका यस्ता विभीन्न्ा ठाउमा शालीक र गार्डेनले सोभा बढाएको पाइन्छ । जस्तै महाराजगंजको नारायण गोपालको शालीक बानेश्वरको सम्लेन अगाडीको गार्डेन वबरमहलको गाडेर्न माइतिघर मण्डलाको शालीक र गार्डेन पुल्चोकको गार्डेन त्रिपुरेश्वरको त्रिभुवनको शालीक दरवारमार्गको महेन्द्रको शालीक चमवहेलमा पासाड ल्हामुको शालीक जस्ता उपत्यकामा महानगरपालीकाले खुल्ला ठाउ भएकाकारण भाडामार ऐतिहासीक पुर्खोको शालीक र व्यापारिक प्रयोजनका लागी भने् भाडामा दिने गरेको पाइन्छ ।

तुरुन्तै समय थप्ने तर्फ पहल गर्नु जरुरी छ

नेपाली कांग्रेस सभासद प्रदिप गिरीको भनाई नेपाल प्रेस इस्न्चि्युटकी प्रशिर्क्षाथि पत्रकार ज्योति बोहरा आफ्नो भाषामा यसरि लेख्छिन ।

जोडिएको छ रोजगारी ग्रामिण अर्थव्यव्स्था संग । यि सवालमा खै ध्यान दिएको आफ्नो नेतृत्वमा सरकार बनाउने आफु नेतृत्वमा जाने भन्दा अर्को ध्याउन्न कसैको छैन । त्यसैले अराजक र लथालिङ्गको अवस्था सृजना भएको छ । जसले संविधान निर्माणमा शंका उत्पन्न हुन थालेको छ । संविधान निर्माणको कार्यमा प्रमुख दलहरुको उदासिनता हेर्दा सबै अधिकार बोकेर बसेका तागाधारीहरु अधिकार प्रत्यायोजन गर्ने कुरामा योजनावद्ध तवरले नभए पनि मनोवैज्ञानिक तवरले काजुस्याई गरिरहेको भान हुन्छ । बेलैमा अधिकार प्रत्यायोजन नगर्दा देशमा क्षेत्रीय दलहरुको उदय भएको यथार्थता राजनैतिक दलहरुले विसर्िरहेका छन् । कांग्रेस र एमाले राम्रो पकड रहेको मधेशमा समयमा अधिकार प्रत्यायोजन नगर्दा के भयो सबैले देखेकै बुझेकै कुरा हो ।

Thursday, January 28, 2010

होसियार एक पटक



होसियार एक पटक मात्र हैन अलि धेरेै पटक सफा गरेर मात्र तरकारि पकाउने गरौ ।
भक्तपुरको मनहरा खोलामा तरकारि सफा गर्दे कृषकहरु । पानि अभावका कारण उपत्यकामा उब्जाउने तरकारि प्रायजसो यसरीनै खोलामा पखालीने गरीन्छ । यस्तै खोलामा धुने गरेको पाइन्छ ।

Wednesday, January 27, 2010

भ्ाारतको ६१औं गणतन्त्र दिवसः

जयन्ती बोहरा
दक्षिण एशियामा अबस्थित भारत नेपालको अति घनिष्ट छिमेकी मुलुक हो। बिश्वमा भारतले बिविध क्षेत्रमा गरेको उन्नति र प्रगतिले अग्रस्थान हासिल गरेको छ ।यस क्षेत्रका दुई ठूला छिमेकी राष्ट्रहरु चीन र भारत विश्वमा अर्थतन्त्र खेलकुद आधुनिक उर्जा सुचना प्रविधि उद्योगचलचित्र दूरसंचार सवारी साधन र अन्तरिक्ष बिज्ञानमा छोटो समावधिमै अनगिन्ती उपलब्धि हासिल गरेका छन । नेपाल यि दुई ठूला शक्तिशाली राष्ट्रहरुको बिचमा छ।यसको बिकासका लागी यि ठूला देशहरुले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएकाछन । लामो समयदेखि स्वतन्त्र मुलुकको रुपमा स्थापित भएपनि भू बनावट र भूराजनितिक सम्बन्धका कारण नेपालले २१औं शताब्दीमा आईपुग्दासम्म पनि अपेक्षा गरे अनुरुप बिकास गर्न सकेको छैन । यसका थुप्रैकारणहरु जिम्मेवार रहेका छन ।
२६ जनवरी भारतका लागी महत्वपुर्ण एवं ऐतिहासिक दिनको रुपमा प्रख्यात छ ।आज
भन्दा ६१औँ वर्ष अगाडि यसै दिन भारतमा गणतन्त्र भारतको नयाँ संविधान जारी गरिएको
थियो ।लामो समयसम्म बिट्रीस सरकाको अधिनमा रही भारतिय जनताहरुले कष्टकर जी
वन यापन गरेका थिए । भारतको मुम्बईलाई ब्यापारको न्यूहुमा कब्जा गरेर अग्रेजहरुले भारतमा लामो समयसम्म साशन गरेका थिए ।भारतिय नागरिकहरुले सयौको बलिदानी दिएर अन्तमा भारतलाई स्वतन्त्र बनाएर छोडे ।यसका लागी प्रसिद्द भारतिय नेताहरु ज्ोा बिश्वमा प्रचलित छन्र । महात्मागान्धी जवाहरलाल नेहरुबल्लवभाई पटेल लगायत भारतिय नेताहरुले भारतलाई स्वतन्त्र बनाई छाडे । नेपालका नेताहरुले पिन
भ्ारतको आन्दोलनमा सहयोग गरेका छन ।बिपी कोईराला गणेशमान सिह पुष्पलाल श्रेष्ठ ल्ागायतका नेताहरु रहेका छन ।यसका साथै भारतमा बसोबास गर्दे आएका नेपालीहरुले
प्नि आन्दोलनमा सहयोग गरेका थिए। गैार राजनितिक क्षेात्रमा कार्यरत गोर्खाली सेनाहरुले पनि सघाएका थिए । यि याबक तथ्थहरुको आधारमा हामी भन्न सक्छौ कि भारतलाई स्वतन्त्र बनाउनमा नेपालको पनि ठूलो सहयोग रहेको छ।
लामो समय अगे्रजको अधिनमा रहेपनि स्वतन्त्रा पछि छोटो अवधि लगभग छ दशकमा भारतले महत्वपुर्ण उपलल्ध्ाि हासील गरेको पाईन्छ ।नगण्य अवस्था बाहेक अधिकाशं क्षेत्रहरुमा भारतले बिश्वमा नै आफ्रनो पहिचानलाई अगाडि बढाएको छ।आलोचकहरुका अनुसार भारतको पूर्वाधार बिकासमा अग्रेजहरुको महत्वपुर्ण योगदान रहेको र बिकासको आधारशिला अग्रेजहरुले तयार गरेको भन्ने भनाई रहेका छ। तर यो सत्य होईन ।sेही एकाध संरचनाहरु अग्रेजले तयार गरेको भएपनि त्यो नै भारतिय बिकासको आधार नै हो भन्न सकिदैन ।
बिज्ञान र प्रविधिको बिकाससँग सँगै भारतले बिकास प्रकि्रयालाई अगाडि बढाएको छ।६५६ मेगावाट उर्जा उत्पादन गर्ने बिश्वको सबभन्दा ठूलो जैविक ग्यास प्रणाली भारतसँग छ ।भने२ः१२ मेगावाट सौर्य उर्जा उत्पादन गरि बिश्वको तेसो्र ठूलो तथा वायू उर्जाको चौथो ठूलो उपभोक्ता बन्न्ा भारत सफल भएको छ।भारत प्रतिबर्ग मिटरमा लाखौ यूनिट क्षमतका हिसाबले बिश्वको नबौ ठूलो सौर्यताप उर्जा उत्पादक राष्ट्र हो ।बिश्व ब्यापी मन्दिले उँदाउदा अर्थ बजारलाई नराम्रोसँग असर गरेता पनि चालुबर्षको भारतको कुल ग्राहस्त उत्पादन बृद्दि करीब ८ प्रतिशतको हाराहारीमा रहेको छ। उत्पादन र निर्यातका दृष्ट्रिले हालसम्म भारतमा सबभन्दा छिटो बिकास भएको क्षेत्र ईलोक्ट्रोनिक र प्रबिधि हो ।यसैगरी खेल क्षेत्रमा पनि भारतले उल्लेखनिय उपलब्धिी हासील गरेको छ।१९२८ आर्मस्टर्डम देखि १९५६सम्म लगातार ६ बटा ओलम्पीक स्वर्ण पदक बिजेता बन्न्ा सफल बिश्वको एक मात्र हक्की टिम भारतिय हो ।१९६४ र सन १९८०मा यसले थप दुई स्बर्ण पदक जितेको छ।भारतका बिश्वनाथन आनन्द पाँच पटक च्याम्पियन तथा बिश्व
भारतको दुर संचार उद्योग बिश्वमा सबैभन्दा छिटो र बिकसित रुप हो । र यो सन २०१०सम्ममा बिश्वकै दास्रो ठूलो दूर संचार बजारको रुपमा बिकसित हुने’ अनुमान गरिएको छ। भ्ाारतले सफलतापूर्वक अन्तरिक्ष उत्खलन गरिसकेको छ। म्ाानव सहितको उडानसमेत तयारीमा छ।यसै गरि भारतले ९० भन्दा बढी देशमा आफनो चलचित्र नाम सबभन्दाबढी बिश्व सुन्दरी पुरस्कार जित्न भेनेजुएलासँगै आउछ । भारत नेपाल आर्थिक बिकास कार्यक्रम नेपाल सरकारको राष्ट्रिय बिकास प्रयासमा सहयोग पुर्रयाउने उद्देश्यका साथ १९५१मा सुरु भएको थियो ।भारत सरकारले नेपालको बिविध क्षेत्रहरुको पा्रबिधिक तथा बित्तिय सहयोग प्रदान गर्दै आएको छ।छिमेकी मुलुक भारतको उपलब्ध्ािलाई नेपालले सिकाईको रुपमा लिन सक्ने थुप्रै आधारहरु छन । राजनितिक स्थिरता नेताहरुको प्रतिबद्दता दिगो शान्ति प्रबिधिको बिकास राजनितिक सहमति राष्ट्रप्रतिको भारतिय जनताको उत्तरदायित्व र कर्तब्य साथै उपलब्ध स्रोत साधनहरुको समुचित सदुउपयोगले गर्दा आज भारतिय जनताले यो प्रगति हासिल गरेका हुन सक्छन ।

Friday, January 22, 2010

म्ााघी


म्ााघी थारु समुदायको सबैभन्दा ठुलोचाड हो । माघे संक्रान्ती वरपर मनाइने यो चाडका बेला थारु बस्तीमा निकै खुसी र रोनक देखिन्छ ।

१५ लाख ३३ हजार ९ सय ७९ को संख्यामा रहेका थारु क्षेत्री बाह्मण र मगर पछि चौथौ बढि संख्या भएको जाीत हो । माघी पर्वका बेला थारु बाहूल्य क्षैत्रमा निकै धुमधामका साथ मनाइन्छ । त्यसैगरी राजधानी बाहिर बाट राजधानीमा स्थाई र अस्थाइरुपले बसोवास गर्ने थारु समुदाय ले पनि राजधानीको राष्टिय सभागृहमा भव्य रुपमा मनाएको पाइन्छ । प्रधानमंन्त्री माधव कुमार नेपाले सो कायक्रमको उदघाटन गनुभयो ।
जसरी हिन्दु को दशैमा बर्त बस्ने नदि वा पोखरीमा नुहाउने सफा भइ नया कपडा लगाउने र मिठा्रै खानेकुरा चढाउने र खान्े काम यो पवैमा हुन्छ । करीव एक साता सम्म मनाइने यो चाडमा ठुलावडा संग टिका लगाई आर्षिवाद लिने परम्परापनि रहेको छ । पिडालु सखरखण्ड आलु आदि उसिनेर यो पर्वमा खाने गरीन्छ । यस पर्वमा मास बाट बनेका विभीन्न प्रकारका परीकार बनाएर खाने गरीन्छ ।

१ ।थारु समुदायको खानाको अबलोकन गदै
२ आहा कस्तो मिठो माछा

Sunday, January 10, 2010


राष्ट्यि जनमोर्चाले संघियताको बिरोधमा आह्ान गरेको उपत्यका बन्दगराउने क्रममा सभाषद मिना पुन रोटि खादै
कोटेश्वरमा सभाषद मीना पुन राटी खादै ।

Wednesday, January 6, 2010

चर्चित हुड्के नाच

सुदुरपश्चिमको चर्चित हुडुके नाच । यो नाच केहि समय देखि लोप हुने अवस्थामा रहेको बताउदछन त्यहाका सॊ पेशामा संलग्न भएका व्यावसायीहरु । सुदुरपश्चिम क्षँेत्रमा कुनै सुभ कार्य गर्दा यो नाचलाई साइतको रुपमा लिने गरिन्छ । यसको लागी हेर्ने कुनै निकाय नै नभएकोले यो व्यावसाय पछाडी परेको बताउदछन सो पेशाका जानकार चन्द्रे हुडके परियार । उनि राजधानीमा बस्दै आएका छन । अहिले सो नाचलाइ सुदुरपश्चिका भन्दापनि अन्य स्थानका जनमानसले बढि महत्व दिइएको पाइन्छ ।

तस्वीर… ज्योत्ति बोहरा एन।पि।आई